Aamsanchar

बङ्गालको खाडीमा सामुद्रिक चक्रवात

Author Image
शनिवार, मंसिर १८, २०७८

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर बङ्गालको खाडीमा जवाद सामुद्रिक चक्रवात बनेको जनाएको छ । यसको प्रत्यक्ष प्रभाव नपर्ने तर वाग्मतीसहित प्रदेश-१ र दुईमा मौसम बद्ली भइ उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनसक्ने जनाएको छ ।

नेपालमा जवाद चक्रवातको असर आउँदो सोमवारदेखि क्रमशः कम हुँदै जानेछ । भोलिदेखि पुनः अर्को पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पर्नेछ ।

यसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा माैसम सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर