Aamsanchar

साढे ३ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

Author Image
शनिवार, मंसिर १८, २०७८

काठमाडौँ — हुस्सुका कारण बिहान ६ बजेदेखि सञ्चालनमा आउनुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९:२३ बजेदेखि सञ्चालनमा आएको छ । विमानस्थलमा रहेको टर्मिनल ड्युटी अफिस टीडीओ का अनुसार साढे ३ घण्टा हाराहारी विमानस्थल बन्द हुँदा कम्तीमा आधा दर्जन अन्तर्राष्ट्रिय उडान सिमरामाथिको आकाशमा होल्डमा परे भने दुबईबाट आउँदै गरेको फ्लाई दुबईको जहाज भारतको लखनऊ डाइभर्ट भयो ।

बिहान ९:२३ अघि काठमाडौं विमानस्थलको भिजिबिलिटी ८ सय मिटरभन्दा कम थियो । काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । भिजिबिलिटी कम भएका कारण साढे ९ बजेसम्म काठमाडौंबाट आन्तरिक उडान पनि हुन सकेनन् । टीडीओ कार्यालयका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न आन्तरिक उडानमा रहेका विमानका लागि १ हजार र अन्तर्राष्ट्रिय उडान गर्ने जेट विमानका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । काठमाडौंमा हाल दैनिक ५० वटा अन्तर्राष्ट्रिय उडान र ३ सय हाराहारी आन्तरिक उडान ९आउने–जाने० हुन्छन् ।

यसैबीच जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा उत्पन्न भएको जवाद नामको सामुद्रिक चक्रवातको असर नेपालमा पनि पर्ने सम्भावना रहेको छ । विभागका अनुसार सो चक्रवात शनिबार बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र त्यसपछि उत्तर पूर्वतर्फ सर्ने देखिएको छ । उक्त चक्रवातका कारण नेपालमा शनिबार रातिबाट प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागहरूका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर