Aamsanchar

लागु औषधसहित दुई जना पक्राउ

Author Image
शनिवार, मंसिर १८, २०७८

पोखरामा लागु औषधसहित दुई जना पक्राउ परेका छन् । लागु औषधको किनबेच गर्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले अवैध लागू औषधसहित दुई जनालाई छोरेपाटनबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्याङजा जिल्ला पुतलीबजार नगरपालिका पौवेगौडे घर भइ पोखरा रामबजार बस्दै आएका २८ वर्षीय जोनी गुरुङ र तनहुँ शुक्लागण्डकी ढोरबाराहीका २६ वर्षीय पूर्णबहादुर गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट लागूऔषध डाईजापाम–९६ एम्पुल, नुर्फिन–९७ एम्पुल, फेनारगन–९६ एम्पुल र तीन वटा मोवाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरुलाई अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा १० म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर