Aamsanchar

हात्तीबाट अन्न जोगाउन जोज्दा बाहुण्डाँगीका पाण्डे घाईते

Author Image
आइतवार, मंसिर १९, २०७८

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा जंगली हात्ती खेदाउने क्रममा एक व्यक्ति घाईते भएका छन ।

आईतवार विहान करीव ४ बजेतिर भएको घटनामा ४० वर्षीय विशाल पाण्डे घाईते भएका हुन् ।

परिवारका अनुसार हात्तीले उनको दिदीको घरमा भण्डारण गरि राखेको अन्नमा क्षति पुर्याउन लागेपछि हार गुहार गर्दै हात्ती खेदाउन क्रममा उल्टै हात्ती मानिसहरूतिर नै आक्रमण गर्ने गरि आएपछि भाग्ने क्रममा लडेर उनको दाहिने खुट्टा भाच्चिएको छ ।

घरमा हात्तीले क्षति पुर्याउने भए पछि उनी हात्ती लखेट्न निस्केको दिदी सीमा पाण्डे कार्कीले जानकारी दिनुभयो ।

‘लडेपछि खुट्टामा समस्या देखिएको र एक्स–रे गर्दा भाच्चिएको देखियो’ दिदी पाण्डेले भन्नुभयो ‘अहिले सामान्य क्रयाप व्याण्डिज गरिएको र विशेषज्ञ चिकित्सकको परामर्शमा प्लाष्टर गर्ने तयारी भएको छ ।’

घर आगनमै हात्ती देखेपछि अरू भने ज्यान जोगाउन भागेका थिए । पाण्डे भने हात्तीबाट क्षति नपुगोस भनेर खेदाउन गएका थिए । खेदाउने क्रममा हात्तीले उल्टै लखेट्दा उनी नालामा लड्न पुगेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 422

प्रतिक्रिया (०)

सम्बन्धित खबर