Aamsanchar

नेपाल प्रवेश गर्ने क्रममा अफिमसहित दुई भारतीय नागरिक पक्राउ

Author Image
सोमवार, मंसिर २०, २०७८

झापा । झापामा लागु औषध अफिमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पन्जाब राज्य जिल्ला फ्रोजपुर घर बताउने २५ वर्षीय केयर सिंह र पन्जाबकै मौगा घर बताउने २५ वर्षीय सुखजित सिंह रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार मेचीनगर नगरपालिका ६ स्थित मेची पुलमा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा उनीहरूलाई ११ ग्राम अफिमसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 400

प्रतिक्रिया (०)