Aamsanchar

मुक्ति कृषि सहकारीको ६ लाख लगानी २ लाख नाफा

Author Image
शनिवार, पौष १७, २०७८


विराटनगर ।   मोरङ कानेपोखरीमा रहेको मुक्ति कृषि सहकारी संस्था लि.ले आफ्नो सातौं साधरणसभा सम्पन्न गरेको छ ।

कानेपोखरी २ बोहोराटोलमा शुक्रबार उक्त सहकारीले साधरणसभा सम्पन्न गरेको हो । साधरणसभाले अध्यक्ष अर्जुनकुमार आचार्यले प्रस्तुत गरेको प्रगति विवरण तथा आगामि कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको छ । ४९ जना साधरणसदस्य रहेको सहकारी २०७१ साल फागुन ६ गते स्थापना भएको उक्त सहकारीले गत आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड ४७ लाख ६८ हजार ६ सय ४० रुपैयाँको कारोबार गरेको छ । ६ लाख ४६ हजार ८ सय रुपैयाँ शेयर पूँजी रहेको सहकारीले गत वर्षमात्रै २ लाख ६३ हजार १३३ रुपैयाँ मुनाफा गर्न सफल भएको संस्थाका अध्यक्ष आचार्यले बताए । झण्डै ५ लाख रुपैयाँ स्थित पूँजी रहेको सहकारीले आगामी ५ वर्षभित्रमा कानेपोखरी गाउँपालिकाकै नमूना कृषि सहकारी बन्ने लक्ष्य लिएको छ ।

सहकारीले आगामि आर्थिक वर्षसम्ममा २ सय शेयर सदस्य बनाउने र ५ वर्षभित्रमा १ हजार बढी शेयर सदस्य बनाउने लक्ष्य लिएको छ । हाल सहकारीले दूध संकलन तथा विक्री गर्दै आएको छ । अब सहकारीले कृषि क्षेत्रको विकासका साथै पशुपालनको तालिम संचालन गर्ने, गाउँपालिकाको ७ वटै वडा कार्यक्षेत्र हुने गरी कार्यक्षेत्र विस्तार गर्ने, पशुपालक किसान लक्षित ऋण तथा अनुदानका कार्यक्रम केन्द्रीत गर्ने, किसानहरुको व्यवसायिक दक्षताका वृद्धिका लागि पहल गर्नेलगायतका प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । साधरणसभाको अवसरमा सहकारीले उत्कृष्ट ५ जना पशुपालक किसानलाई पुरस्कृत गरेको थियो । पुरस्कृत हुने किसानहरूमा टेकबहादुर दाहाल, जमुना अधिकारी, टेकबहादुर तामाङ, अभिकेशर भुर्तेल र धिम धिमाल रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 449

प्रतिक्रिया (०)

सम्बन्धित खबर