Aamsanchar

मन्त्री कार्कीद्वारा बिर्तामोडको ‘मिट माउण्ट’ उद्घाटन

Author Image
शनिवार, पौष १७, २०७८

बिर्तामोड । मासुका पारखीहरुलाई स्वक्ष र शुद्ध खासु उपलब्ध गराउने उदेश्यले अन्तर्राष्ट्रिय स्तरको मासु व्यवसाय केन्द्र ‘मिट माउण्ट’ को आज उद्घाटन गरिएको छ ।

पुर्वमा पहिलो पटक सुरु भएको उक्त व्यवसायलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उद्घाटन गरेका छन् ।

रेखाकुमारी रिजालको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा विभिन्न विशिष्ठ व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कार्की, विर्तामोड नगरपालिकाका प्रमुख धुब्रकुमार शिवाकोटी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले ‘मिट माउण्ट’ को व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।

बिर्तामोड नगर उप–प्रमुख पवित्रा महतरा प्रसाईं, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी वल हेटक्वाटर भद्रपुरका प्रमुख प्रहरी उपरिक्षक रमेशकुमार पाण्डेले लगायत स्थानिय दर्जनौं संघ संस्थाका प्रमुखहरुको आथित्यता रहेको थियो । कार्यक्रमको संचालन विष्णु खरेलले गरेका थिए ।

झापामा चार जना महिलाहरुले बिर्तामोड – ४ स्थित भद्रपुर रोडमा ‘मिट माउण्ट’ सञ्चालनमा ल्याएका हुन् । १० करोड रुपैयाँ लागतमा सञ्चालनमा आएको ‘मिट माउण्ट’मा स्वस्थ, स्वच्छ एवम् सर्वसुलभ दरमा माछा–मासु बिक्री गर्ने उद्देश्य राखिएको छ ।

बढ्दो शहरीकरण तर्फ लम्किरहेको बिर्तामोडमा स्वस्थ्य मासु पसलको अभावलाई महसुस गरी व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालक रेखा कार्की रिजालले बताइन् । बिर्तामोडमा हालसम्म सुविधा सम्पन्न बधसाला नभएपछि स्वस्थ र स्वच्छ माछा मासु खरिदका लागि उपभोक्ताले समस्या झेल्दै आएका थिए ।

रिजालसँगै पल्मु शेर्पा निरौला, देवीकुमारी ढकाल र हिमा दंगालको संयुक्त लगानीमा मिट माउण्ट सञ्चालनमा आएको हो । भाउजु मिट मार्ट प्रा.लि.द्वारा सञ्चालित ‘मिट माउण्ट’ मा उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यान दिँदै स्वस्थ्यकर माछा मासु बिक्री गरिने जानकारी दिइएको छ ।

आधुनिक प्रविधि र औजारको प्रयोग गरी स्वास्थ्य परीक्षण गरिएका र मासु शुद्धिकरण गरी उपभोक्तालाई प्रदान गरिने बताइएको छ । मिट माउण्ट सञ्चालनका लागि नेपाल सरकारको मापदण्ड अनुरुप करिब आठ सय वर्ग फिटमा पशुपक्षी बधशाला र करिब १३०० वर्ग फिटलाई खण्डिकृत गरी विभिन्न मासहरुको बिक्री कक्ष निर्माण गरिएको छ ।

मिट माउण्डमा उपभोक्ताहरुले खसी, भेँडा–च्याङ्ग्रा, बँदेल, टर्की, अष्ट्रिज, कुखुरा, बट्टाइ, हाँस, कुखुरा लगायत विभन्न प्रकारका माछा गरी १७ देखि २० प्रकारका माछा–मासु एउटै छातामुनी सहज रुपमा पाउने छन् ।

मिट माउण्टमा पूर्वीकिरण कृषि फार्म प्रालि, देवभूमी बहुउद्देश्यीय कृषि फार्म प्रा.लि द्वारा उत्पादित कृषि उत्पादन, प्रशोधन र बिक्री गरिने जनाइएको छ । मिट माउटले १ किलो भन्दा धेरै मासु खरिद गर्ने उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै होम डेलिभरिसेवा समेत सञ्चालनमा ल्याएको छ । माउण्टमा मासुको सुकुटी साथै माछाको अचारसमेत उपलब्ध छ ।
साथै, मिट माउण्टले जारी गर्ने ग्राहक कार्डका आधारमा विशेष छूट समेत प्राप्त गर्ने छन् । मिट माउण्टमा २१ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 581

प्रतिक्रिया (०)

सम्बन्धित खबर