Aamsanchar

झापाबाट इलामका लागि छुटेकाे ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Author Image
बुधवार, वैशाख २८, २०७९

इलाम – ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका ९ गोलाखर्कमा झापाबाट इलामका लागि छुटेकाे ट्रकले माईखोलाबाट इलामतर्फ आउँदै गरेको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा पाँचथर याङरुप गाउँपालिका ४ घर भई इलाम नगरपालिका ९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई हुन्। मे १ प ६५४४ नम्वरको मोटर साइकलले ना ४ ख ५६६९ नम्बरको ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडीको भागले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटसाइकल चालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए । घटनापछि ट्रक चालक फरार रहेकाले खो जी भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
12

प्रतिक्रिया (०)

सम्बन्धित खबर