झापा – झापाको बिर्तामोडमा जारी मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।बिर्तामोडको वडा नं १ बाट शुरु भएको मतगणनामा ३०० मत गनिसक्दा मेयरमा एमालेले १५९ र कांग्रेसले ९३ र राप्रपाले २० मत पाएको छ । त्यस्तै उपप्रमुखमा एमालेले १६६ , एकीकृत माओवादीले ५५ मत पाउँदा वडाध्यक्षमा एमालेले १४४ , कांग्रेसले ११६ र राप्रपाले १७ मत ल्याएको छ ।