Aamsanchar

इलामको देउमाईमा विवाद, प्रहरीले चलायो गोली

Author Image
शनिवार, वैशाख ३१, २०७९

मतगणनाको विषयमा विवाद हुँदा इलामको देउमाई नगरपालिकामा प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको सुचना प्राप्त भएको छ । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको भन्दै गठबन्धन दलले पुनः चुनावको माग गरेपछि तनाव सुरु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र श्रेष्ठले अहिले स्थिति नियन्त्रणमा रहेको र आफूसहित प्रजिअ सो स्थानमा जान लागेको जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया (०)

सम्बन्धित खबर