Aamsanchar

खुकुरी प्रहार गरेको अभियोगमा तुलसीपुरका उपमेयर उम्मेदवार पक्राउ

Author Image
शनिवार, वैशाख ३१, २०७९

दाङ । खुकुरी प्रहार गरेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिकाका उपमेयर उम्मेदवार पक्राउ परेका छन् । उपमेयर पदका स्वतन्त्र उम्मेदवार सुशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर–४ स्थित उम्मेदवार गन्धर्वकै घर नजिकै दुईपक्षबीच झडप भएको हो । खुकुरी प्रहारबाट अन्य चार जना घाइते भएका छन् ।

पूजाको बेलामा मदिरा सेवन गरेपछि विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए । दिउँसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको हुन सक्ने प्रहरीले बताएको छ ।

शुक्रबार दिउँसो मतदान स्थलमा गन्दर्भका छोरा सुमन र केही युवाहरुबीच चुनावी प्रचार प्रसारको विषयलाई लिएर विवाद भएको थियो ।

छोरा सुमनलाई ती युवाहरुले पिट्न थालेपछि त्यसको प्रतिकारका लागि गन्धर्व गएका थिए । निर्वाचनकै दिन शुक्रबार राति साढे ९ बजेतिर उक्त घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया (०)

सम्बन्धित खबर