Aamsanchar

कांग्रेसको विजयी र्‍यालीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

Author Image
सोमवार, जेठ २, २०७९

धनगढी –डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अरु ३० जना घाइते भएका छन् ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटना परी पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पूर्वीचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्‍याली निकालेको थियो ।र्‍यालीमा सहभागी भएका नेता, कार्यकर्ताहरू घाइते भएको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 476

प्रतिक्रिया (०)

सम्बन्धित खबर