Aamsanchar

झापामा हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गयाे

Author Image
सोमवार, जेठ २, २०७९

झापा- झापामा हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ भने अर्की महिला सख्त घाइते भएकी छन् ।

हात्तीको आक्रमणबाट सोमबार दिउँसो ३.४५ बजे मेचीनगर नगरपालिका–९ पशुपति टोल बस्ने ७० वर्षीय पेना किसानको मृत्यु भएको हो । टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनबाट निस्किएको हात्तीले बगरमा हिँडिरहेको अवस्थामा किसानलाई आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै सोमबार दिउँसो मेचीनगर ९ स्थित थोप्लेविरान सामुदायिक बनमा घाँस काट्न गएको अबस्थामा सोही ठाउँ बस्ने ३८ वर्षिया झुमा भनिने बसन्ती दनुवारलाई आक्रमण गरी सख्त घाइते बनाएको छ । पेट र शरीरको विभिन्न भागमा चोट लागेकी दनुवारको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर