Aamsanchar

हल्दिबारीमा एमालेले खाता खाेल्याे, ३ नम्बर वडा अध्यक्षसहित प्यानल नै विजयी

Author Image
मङ्गलवार, जेठ ३, २०७९

झापा : जिल्लाको हल्दिबारी गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ। गाउँपालिका ३ नम्बर वडा अध्यक्षसहित प्यानल नै जित्दै एमालेले खाता खाेलेकाे हाे।

एमालेका तर्फबाट उम्मेदवार बनेका विष्णुप्रसाद ओली वडा अध्यक्षमा निर्वाचित छन्। उनले राप्रपाका बमबहादुर कन्दङ्वालाई पराजित गरेका हुन्। ओलीले ८६८ मत ल्याउँदा कन्दङ्वा ले ८१२ मत ल्याए।

त्यस्तै, सदस्यमा खुल्लातर्फ एमालेका अजितकुमार विष्ट ८८८ , कर्ण भण्डारी ८५८ , महिला सदस्यमा विष्णुमाया तिम्सिना ९१९ र दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा ९८० मत ल्याएर निर्वाचित भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर