Aamsanchar

चितवनको माडीमा एमाले विजयी

Author Image
मङ्गलवार, जेठ ३, २०७९

 

चितवन – चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो र उपमेयरमा कांग्रेसका खेमप्रसाद महतो विजयी हुनुभएको छ ।

मेयर पदमा एमालेकी उम्मेदवार महतोले नौ हजार नौ सय एक मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका ऋषिराम काफ्ले सात हजार सात सय २९ मत प्राप्त गर्नुभयाे ।

यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार खेमप्रसाद महतोले ६ हजार आठ सय ३० र उहाँका प्रतिस्पर्धी राप्रपाका मदनप्रसाद पौडेलले पाँच हजार एक सय ४० मत प्राप्त गर्नुभयाे ।

नगरपालिकाकाे नौ वटा वडामध्ये चार वटामा माओवादी केन्द्र, दुई वटामा राप्रपा, दुई वटामा एकीकृत नेकपा समाजवादी र एउटामा कांग्रेसले वडाध्यक्ष पद जितेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर