Aamsanchar

हट्याे संसद् बैठककाे अवरोध

Author Image
मङ्गलवार, जेठ ३, २०७९

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नौ महिनादेखिको संसद् बैठककाे अवरोध हटाएको छ । एमालेले अवरोध छाडेसँगै संसदको बजेट अधिवेशनमा अवरोध नहुने भएको छ ।

आफूले हटाएका १४ जना सांसदलाई बर्खास्त नगरेको भन्दै सभामुखको विरोधमा एमालेले गएको भदौ २३ गतदेखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएको थियो । तर नौ महिनापछि आज मङ्गलवार एमालेले संसद् बैठकमा अवरोध नगरेको हाे ।

आजकाे बैठकको सुरुमै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकलाई सम्बोधन गर्नुभएको छ । उहाँले सभामुखले गलत गरेको र पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर