Aamsanchar

ओलीको गृहनगर दमकमा एमाले उम्मेदवारले मतान्तर घटाउँदै, १५ मतले मात्र पछाडि

Author Image
बुधवार, जेठ ४, २०७९

झापा – पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा एमाले उम्मेदवार गीता अधिकारी पौडेलले मतान्तर घटाउँदै लगेकी छन् ।

प्राप्त पछिल्लो परिणाम अनुसार उनी राप्रपा उम्मेदवार रामकुमार थापाभन्दा १५ मतले मात्रै पछाडि छन् । ओलीको गृहनगरमा एमाले उम्मेदवारविरुद्ध सत्ता गठबन्धनले राप्रपा उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो ।पछिल्लो समय सार्वजनिक परिणाममा थापाले १० हजार ६४ मत ल्याएका छन् भने अधिकारीले १० हजार ४९ मत ल्याएका छन् । उपमेयरतर्फ एमाले उम्मेदवार अम्बिकाप्रसाद खनाल अगाडि छन् । उनले ९ हजार ८७४ मत ल्याउँदा सत्ता गठबन्धनकी रेगिना भट्टराईले ९ हजार ७२७ मत ल्याएकी छन् ।दमकमा उपमेयरमा राप्रपाले सत्ता गठबन्धनलाई सघाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 483

प्रतिक्रिया (०)