Aamsanchar

भद्रपुर नगरपलिकाको अन्तिम मत परिणाम

Author Image
बिहिवार, जेठ ५, २०७९

भद्रपुर- भद्रपुर नगरपलिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। भद्रपुर नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट काङ्ग्रेसका उम्मेदवार गणेश पोखरेल १२५२५ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार असारु राजवंशीले ९७५९ मत ल्याएका छन् । त्यसै गरि भद्रपुर नगरपालिकाको उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शिवकुमार राजभण्डारीलाई पछी पार्दै राप्रपाकी उम्मेदवार ९२३० मत ल्याएर उपमेयर हुन सफल भएकी हुन् । शिवकुमार राजभण्डारीले गठबन्धनको तर्फबाट ८५३३ मत ल्याएका छन् । भद्रपुर नगरपालिकामा कुल मत ५१२६० मध्ये ३४०२८ मत खसेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया (०)

सम्बन्धित खबर