Aamsanchar

बालुवाटारको जुवा खालमा प्रहरीकाे छापा, १२ जना जुवाडे पक्राउ, ४ लाख बरामद

Author Image
शुक्रवार, साउन २०, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिका–४ स्थित बालुवाटारको जुवा खालमा प्रहरीले छापा मारेको छ । रुपचन्द्र श्रेष्ठले संचालन गरेको जुवा खालबाट १२ जना जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।जुवा खालबाट पक्राउ पर्नेमा संचालक रुपचन्द्र श्रेष्ठ, उत्तम गुरुङ, दिनेशकुमार लिम्बु र एकजना महिला सहित १२ जना छन् ।चाइनिज एम्बेसी नजिकै रहेको जुवा खालबाट प्रहरीले ४ लाख २७ हजार नगद बरामद गरेको छ । घटनाबारे प्रहरी वृत मालीगाउँले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)