Aamsanchar

चार वटा सवारी एक आपसमा ठोक्किँदा २० जना भन्दा बढी घाइते

Author Image
सोमवार, साउन २३, २०७९

हेटौंडा : हेटौंडामा ४ वटा सवारी एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा २० जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार दुर्घटनामा विद्यार्थी, ट्रक चालक, सहचालक, कारका चालक गरी २० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्।

उनीहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। सबैको अवस्था सामान्य रहेको कार्कीको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
3
+1
2
Views: 829

प्रतिक्रिया (०)

सम्बन्धित खबर