Aamsanchar

इटहरीमा अन्तर विद्यालय इन्डोर क्रिकेट प्रतियोगोतामा  नौ खेल सम्पन्न

Author Image
सोमवार, साउन २३, २०७९

इटहरीमा पहिलो पटक अन्तर विद्यालय इन्डोर क्रिकेट प्रतियोगोताको आज नौं खेल सम्पन्न भएको छ।

पहिलो दिनमा विश्व आदर्श, लिटल पीस, यूनिक,ग्रीन पीस,महेन्द्र मेमोरियल बिजय भएका छ्न्।

पहिलो खेल विश्व अदर्श र डी भी यम बीचको पहिलो खेलमा  विश्व अदर्श  ४५ रन ले बिजय भएको थियो। दोस्रो खेलमा लिटल पीस र इटहरि मोडल बीच भएको खेलमा लिटल पीसले ३५ रन ले जीत दर्ता गरेको थियो। तेस्रो खेलमा यूनिक र सुषमा बीच भएको खेलमा सुषमाले १०७ रन ले जीत दर्ता गरेको थियो।

आजको चौथो खेलमा ग्रीन पिस र महेन्द्र मेमोरियल बीच भएको थियो । जसमा ग्रीन पीसले ५ विकेट ले जितेको थियो। ५ औ खेलमा इटहरी मोडल र  यूनिक बीच भएको खेलमा यूनिकले ५ विकेटले जितेको थियो। आजको ६ औ खेलमा सुषमा र लिटल पिस  बीच भएको खेलमा  लिटल पीसले पाँच विकेट ले जीतको थियो।  ७ औं खेलमा महेन्द्र मेमोरियल र डीभीयम बीच को थियो जसमा महेन्द्र मेमोरियलले १४ रन ले जीत भएको थियो। आज सम्पन्न ८ औ खेल  ग्रीन पिस र विश्व आदर्श बीच भएको थियो । ग्रीन पिस ले ५ विकेट को जीत दर्ता गरेको थियो। आजको ९ औ खेलमा लिटल पिस  र   युनिका बीच भएको थियो जसमा  युनिकले ४ विकेटले  जित दर्ता गरेको थियो।

प्रतियोगिताका लागि कूल १६ विद्यालयलाई  चार समूहमा विभाजन गरिएको छ । ग्रुप  ९ए० मा यूनिक ,सुष्मा गोदावरी ,इटहरी मोड़ल, लिटल पीस,ग्रुप ९बी० मा डीभीयम, महेन्द्र मेमोरियल, विश्व आदर्श, ग्रीन पिस, ग्रुप ९सी० मा वाइ पोइन् टीनग, स्याक्रेड हार्ट, कोशी, माउण्ट मकालू ,ग्रुप ९डी० मा सुनसरी क्रिस्टल, पशुपति, लड बुद्ध, यस ओ यस रहेका छ्न् ।

प्रतियोगिताका  उत्कृष्ट ३० विद्यार्थी खेलाडीहरूलाई आयोजक इटहरी क्रिकेट एकेडेमीले सम्बन्धित विद्यालय र इटहरी नगरपालिकासँग समन्वय गर्दै नियमित प्रशिक्षण गराउने बताएको छ ।

लिग आधारमा हुने प्रतियोगिताका विजेता टोलीले ट्रफीसहित प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर