Aamsanchar

बिजुलीको काम पूरा नहुँदा ताप्लेजुङको पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम प्रभावित

Author Image
मङ्गलवार, साउन २४, २०७९

ताप्लेजुङ – बिजुलीको काम पूरा नहुँदा ताप्लेजुङको पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम प्रभावित भएको छ । पवित्र तीर्थस्थल पाथीभरा मन्दिरमा बिजुली भएको भए एक महिना अगाडि नै पानी पुग्ने थियो ।

पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट पानी पुर्‍याउन सबै काम सकिएको छ । पानीको मुहानमा पम्प जडान भएको छ भने बलुडाँडामा पनि काम सकिएको छ । तर केन्द्रीय विद्युत् प्रसारण लाइन जडानको काम भइरहेकोले पानी पुर्‍याउन नसकिएको ठेकेदार कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले बताउनुभयो । थापाले लिफ्टिङ प्रविधिले प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने अनुमान गरेको बताउनुभयो । आठ करोड २२ लाख रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको हो । यसमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत र पाथीभरा क्षेत्र विकास समितिमार्फत ३० प्रतिशत लागत साझेदारी भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर