Aamsanchar

चित्तलको मासुसहित ८ जना शिकारी नियन्त्रणमा

Author Image
बुधवार, साउन २५, २०७९

काठमाडौं : नेपाली सेनाले चित्तलको मासुसहित ८ जना शिकारीलाई नियन्त्रणमा लिएको छ। कोशीटप्पु वन्यजन्तु आरक्षको सुरक्षामा खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त टोलीले आज सुनसरीको श्रीलंका टापुमा एक व्यक्तिलाई चित्तलको मासुसहित नियन्त्रणमा लिएको हाे।

पक्राउ परेका उनलाई सोधपुछका क्रममा अन्य ७ जना पनि पक्राउ परेका नेपाली सेनाले जनाएको छ।

उनीहरुको साथबाट जंगली जनावरको ६३ केजी मासु, भरुवा बन्दुक २ नाल, टिका बारुद १ प्याकेट, खुँडा/खुकुरी ५ वटा लगायतका हतियारहरू बरामद भएको छ ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि वन्यजन्तु आरक्षकाे कार्यालयलाई बुझाइएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 1255

प्रतिक्रिया (०)