Aamsanchar

कुमारी आमा भनेर चिनिएकी निहारिकाले गरिन् राष्ट्रपति भवन अघि आत्मदाहकाे प्रयास

Author Image
शुक्रवार, साउन २७, २०७९

काठमाडौं – कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन् । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडी सडकमा उनले आत्मदाह प्रयास गरेकी हुन् ।

राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् ।  तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ ।राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन् ।आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।

तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर