Aamsanchar

समलिंगीहरुद्वारा ठमेलदेखि वसन्तपुरसम्म प्रदर्शन

Author Image
शुक्रवार, साउन २७, २०७९

काठमाडौं – शुक्रबार अल्पसंख्यक समलिंगीहरुले ठमेलदेखि वसन्तपुरसम्म प्रदर्शन गरेका छन् ।  गाईजात्राको अवसरमा उनीहरुले प्रदर्शन गरेका हुन् । सुरुमा  ठमेलस्थित कर्मचारी सञ्चय कोष भवनअघि भेला भएका उनीहरु विभिन्न भेषभुषामा सजिएका थिए ।  सन् २०२० मा कोरोना महामारी सुरु भएपछि बन्द भएको गाईजात्रा प्रदर्शन यो वर्ष भने समलिङगीहरुले भौतिक उपस्थिति मै मनाएका हुन् । गाईजात्राका दिन अल्पसंख्यक समलिंगीहरुले आफ्नो परिचय प्रस्तुत गर्ने गर्छन् । समाजमा अपहेलित हुनुपर्ने भयका कारण उनीहरुले यो खालको प्रदर्शन गर्ने गर्दैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 452

प्रतिक्रिया (०)

सम्बन्धित खबर