Aamsanchar

बलात्कार आरोपी उपप्रमुख महतो एकलाख धरौटीमा रिहा

Author Image
सोमवार, असोज १०, २०७९

लहान : बलात्कार आरोप लागेका लहान नगरपालिका उपप्रमुख रामचलितर महतो थुनछेक सुनवाइमा एक लाख धरौटीमा आइतबार रिहा भएका छन्।

२१ वर्षीया युवती जागिरको खोजीमा उपप्रमुख महतोको कार्यकक्षमा जाँदा कोठाको चुकुल लगाएर जर्वजस्ती करणी गर्न खोजेको आरोपसहित असार ४ गते इलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता गराएकी थिइन। मुद्दा दर्ता भएपछि उपप्रमुख महतो फरार रहेका थिए।

भदौ २४ गते इलाका प्रहरी कार्यालय लहानमा आफैँ उपस्थित  हुनुभन्दा अघि उपप्रमुख महतोले राजनीतिक जीवनलाई धरापमा पार्न यस्तो आरोप लगाइएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए।

रिहा भए लगतै उपप्रमुख महतोले भने,‘ अब मुद्दा बल्ल अदालती प्रक्रियामा गएको छ। मैले न्याय पाउने विश्वास छ। प्रहरीको नियन्त्रणबाट बाहिर निस्कको छु। अदालती प्रक्रियामा गएपछि मैले न्याय पाउनेमा विस्वस्त छु।’

उपप्रमुख महतोलाई असोज २६ गते बकपत्रको लागि तारिख दिइएको जिल्ला अदालत सिरहाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर