Aamsanchar

मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो

Author Image
सोमवार, असोज १०, २०७९

गोरखा – गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ ।

चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए ।पर्यटन विभागले पनि हिमपहिरो गएको पुष्टि गरेको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपालीहरु मनास्लु आधार शिविरमा छन् । स्रोतका अनुसार ३-४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ ।आधार शिविरमा रहेका मिङ्मा शेर्पाले हिमपहिरो आएको तर कति शक्तिशाली हो भन्ने थाहा भइनसकेको बताए । ‘हिमपहिरो आएको छ, शेर्पाहरुले उद्धार गर्दैछन्’ उनले टेलिफोनमा भने ।पर्यटकको उद्धारका लागि सिम्रिक एयरको ९ एनटी एजेजेड कल साइनको हेलिकप्टर आधार शिविरमा अवतरण भइसकेको र अर्को हेलिकप्टर तयारी अवस्थामा रहेको सिम्रिक एयर स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर