Aamsanchar

मतपेटिका पुर्‍याएर फर्किँदै गरेको जीप दुर्घटना, तीन जना प्रहरीको मृत्यु

Author Image
सोमवार, मंसिर ५, २०७९

बैतडी : दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङलाडी खोला भन्ने स्थानमा जीप दुर्घटना हुँदा तीन प्रहरीको मृत्यु भएको छ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार मतपेटिका पुर्‍याएर फर्किँदै गरेको  से १ ज ८५४ नम्बरको प्रहरी टोली सवार जीप दुर्घटनामा हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो।

‘प्रहरीले अन्यको उद्धार थालिसकेका छन्’, उनले भने। रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालक अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ  छ।

जीप सडकबाट करीब ३०० सय मिटर तल खसेको थियो।  घटनाको थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर