Aamsanchar

गतमणना : देशभरमा एमाले पहिलाे, कांग्रेस र स्वतन्त्र पार्टी क्रमश दाेस्राे र तेस्रो

Author Image
सोमवार, मंसिर ५, २०७९

काठमाडौं : देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् ।

जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, धनुषा, कास्की र मुस्ताङमा एमाले पहिलो स्थानमा छ। एमालेले पाँच स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिइरहेको छ। एमालेले झापा–२, धनुषा–३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको हो।

यस्तै कांग्रेसले भक्तपुर–२ र मुस्ताङमा अग्रता लिइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं–७ र कास्की–२ मा अग्रता लिइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर