Aamsanchar

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

सर्लाही- सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व पश्चिम लोकमार्गमा प्रदेश–२–०३–००४ प ७८८४ नम्बरको मोटरसाइकल र ज.११प ८१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।दुर्घटनामा बारा कलैया उपमहानगरपालिका–१६ घर भएका ४५ वर्षीय कन्हाई चौधरी र महोत्तरीको बर्दिबास नगरपालिका–६ घर भएका २५ वर्षीय सुनिल आले मगरको मृत्यु भएको छ । सुनिल ज.११ प ८१० नम्बरको मोटरसाइकलका चालक हुन् । प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा उनीहरूको निधन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए । मोटरसाइकलमा सवार बाराको कलैया घर भएका अजय कुमार पटेल र बर्दिबास घर भएकी २४ वर्षीया रुबिना तामाङ घाइते छन् । उनीहरूको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर