Aamsanchar

घोडाघोडीमा बेहोस भेटिएकी १७ वर्षीया किशोरीको मृत्यु, उनका केटा साथी पक्राउ

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ की एक किशोरीको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार १७ वर्षीया भागरथी ढुंगालको मृत्यु भएको हो।

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। आइतबार साँझ साथीलाई भेट्न भनेर गएकी ढुंगाल सोमबार बिहान आफन्तले बेहोस अवस्थामा फेला परेको उनका आफन्तले जानकारी दिए।

यस्तै अहिले उक्त घटनामा छानविनका लागि ती किशोरीका केटा साथी (प्रेमी) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, उनको नाम भने सार्वजनिक गरिएको छैन। प्रहरी नियन्त्रणमा रहेका किशोरले आफूहरुबीच प्रेम सम्बन्ध रहेको प्रहरीलाई बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर