Aamsanchar

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Author Image
आइतवार, मंसिर ११, २०७९

भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।मध्यपुर थिमी नगरपालिका-६ हुकाम ओरालोमा दुवाकोटबाट आउँदै गरेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।

प्रदेश ३-०१-०२३ च ४२९३ नम्बरको गाडीले बा १० प ९५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करपछि भक्तपुर नगरपालिका-१ क्वाँछे बस्ने २८ वर्षीय सिजन फसिकवालाई उपचारको लागि मध्यपुर थिमी अस्पताल लगिएको थियो।

त्यहाँ उपचारको क्रममा मृत्यु भएको डिएसपी पाण्डेले बताए।

मोटरसाइकल पछाडि सवार भक्तपुर नगरपालिका-७ गोलमडी बस्ने ३२ वर्षीय सुनिल ग्वाछाको उपचार भइरहेको छ।

प्रहरीले दुबै सवारीसाधन र गाडीका चालक सिन्धुली फिक्कल गाउँपालिकाका २७ वर्षीय लाताराम पहाडीलाई नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर