Aamsanchar

चिशंखुगढीका ५२ परिवार व्यवसायिक बाख्रापालनमा

Author Image
आइतवार, पौष १७, २०७९

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् । दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरी परिवारले व्यवसायिक बाख्रापालन थालेका हुन् ।

उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) लागु भएपछि यहाँका विपन्न किसानमा व्यवसायिकता देखिएको हो । किसान समूहसँगको सहलगानीमा आयोजनाले बियाडका लागि बोयर बोका वितरण गरेको छ । किसान समूहले बोयर बोका पाएपछि यी दुवै गाउँमा खरी बाख्राको नश्न सुधार गरेर बोयरका पाठापाठी उत्पादन सुरु भएको छ ।

गाउँमा पहिलोपटक बोयर भित्रिएपछि समूहभन्दा बाहिरका किसानले समेत लाभ लिइरहेको स्थानीय किसान गोमा कार्कीले बताउनुभयो । यहाँका किसानले खोर सुधार र घाँस खेती समेत अभियानकै रुपमा थाल्ने योजना रहेको बताएका छन् । समृद्धि आयोजनाले किसान समूहमा वित्तीय तथा प्राविधिक शिक्षा, बजार सञ्जाल विस्तारलगायतका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर