Aamsanchar

नेपालकै पहिलो ब्रम्हाको प्रतिमा अनावरण

Author Image
शनिवार, पौष ३०, २०७९

काभ्रे –काभ्रेको बनेपामा नेपालकै पहिलो ब्रम्हाको प्रतिमा अनावरण गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच प्रतिमा अनावरण गर्नुभएको हो । ९१ रोपनी सार्वजनिक जग्गामामा ३० फिट अग्लो दश अवतार सहितको ब्रम्हाको प्रतिमा, घेराबार, शौचालय, धारापानी र शिलालेख निर्माण गरिएको हो ।

संरचना निर्माणका लागि १ करोड २० लाख ५० हजार खर्च भएको महादेव खोला ब्रम्हायणी क्षेत्र उत्तरगया समाजका सचिव श्याम सापकोटाले जानकारी दिनुभयो । । ब्रम्हा पार्क निर्माणका लागि २०७१ सालमा महायज्ञ लगाइएको थियो ।

यज्ञको सबै खर्च कटाएर समितिले १ करोड ३० लाख ६४ हजार बचत गरेको थियो । सोही रकमबाट पार्क निर्माण भएको हो । ब्रम्हाको प्रतिमासहित धार्मिक पर्यटन क्षेत्र निर्माणका लागि ५ सय ४६ जनाले १० हजार भन्दा धेरै आर्थिक सहयोग गरेका थिए ।

१ हजार ४ सय ८ जनाको आर्थिक, भौतिक, नैतिक सहयोग प्राप्त भएको महादेव खोला ब्रम्हायणी क्षेत्र उत्तरगया समाजका अध्यक्ष पुरुषोतम सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर