Aamsanchar

भद्रपुरबाट ब्राउन सुगरसहित २ जना पक्राउ

Author Image
बुधवार, माघ ४, २०७९

झापा-झापाको भद्रपुर नगरपालिका वडा नं.९ बाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय देवराज दंगाल र मेचीनगर नगरपालिका वडा नं.१५ वस्ने २१ बर्षीय सन्देश राई रहेका छन् ।
हिजो दिनको ३ बजे लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ५० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)