Aamsanchar

नवजात शिशु फेला पर्याे चारकोसे जंगलमा

Author Image
शुक्रवार, माघ ६, २०७९

धरान – सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित चारकोसे जंगलमा नवजात शिशु फेला परेको छ।

कपडामा पोको पारेर जंगलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशुलाइ स्थानीयले फेला पारेका छन्।

नवजात शिशु (छोरी) लाई स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ।

नवजात शिशुलाइ कस्ले जंगलमा छाड्यो भन्ने विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राइले बताए।

नवजात अवैध सम्बन्धका कारण जन्मिएर बेवारिसे अवस्थामा छाडिएको आशंका गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)