Aamsanchar

विराटनगरमा साग र तेजपत्ताले ढाकेर टेम्पोबाट अनलोड गर्दै गर्दा ५० किलो गाँजा बरामद

Author Image
आइतवार, माघ ८, २०७९

विराटनगर : विराटनगर बसपार्कबाट मोरङ प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।टेम्पोमा लोड गर्दै गरेको अवस्थामा शनिबार राति करिब पौने ७ बजे प्रहरीले गाँजा बरामद गरेको हो। ५० किलो परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रायोको साग र तेजपत्ताले ढाकेर को २ ख २४२२ नम्बरको टेम्पोबाट अनलोड गर्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो।

शंकास्पद गतिविधिका आधारमा चेकजाँच गर्दा साग र तेजपत्ताको तीनवटा बोराभित्र गाँजा भेटिएको मोरङ प्रहरीका डीएसपी दिपक श्रेष्ठले बताए।

प्रारम्भिक अनुसन्धानमा बरामद गरिएको गाँजा धनकुटाबाट ओसारपसार गरी ल्याइएको खुलेको उनले जानकारी दिए।

लागूऔषध ओसारपसारको कसुरमा प्रहरीले टेम्पो चालकसहित २ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालिका-४ का ४४ वर्षीय यज्ञप्रसाद राई र टेम्पो चालक मोरङकै बुढीगंगा बस्ने वर्ष ४६ का रोहितकुमार थापा रहेका छन्। उनीहरूमाथि लागूऔषध ओसारपसारको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हाल घटनाको थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)