Aamsanchar

सालको काठसहित ४ जना पक्राउ

Author Image
आइतवार, माघ ८, २०७९

दाङ : दाङमा प्रहरीले अवैध काठसहित ४ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका-९ बस्ने २२ वर्षीय सुल्तान मियाँ, सोही ठाउँका २६ वर्षीय जुद्धबहादुर बराल, ४४ वर्षीय तिलबहादुर फुन्जा मगर र ३६ वर्षीय टोपबहादुर रोका रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब १२ बजेतिर राप्ती गाउपालिका-९ देवीकोटस्थित भद्राक्षी सामुदायिक वनको ओखले भन्ने स्थानमा अवैध रुपमा काठ कटानी भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इप्रका भालुबाङबाट खटिएको प्रहरी टोलीले कटानमा संलग्न ४ जना व्यक्तिसहित सालको काठ फेला पारी डिभिजन वन कार्यालय दाङमा बुझाएको छ।

प्रहरीले सालको चिरान ११ थान (२९ दशमलव ७६ क्युफिट) र गोलिया थान २ (७० दशमलव ८९ क्युफिट) गरी जम्मा १०० दशमलव ६५ क्युफिट काठ बरामद भएको र त्यसको मूल्य करिब १ लाख हुने जनाएको छ। प्रहरीले उनीहरूको साथबाट २ वटा बन्चरो, २ वटा फलामे गल र २ वटा हातेआरा बरामद गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर