Aamsanchar

बसभित्र तास खेलिरहेका चार जना प्रहरीकाे नियन्त्रणमा

Author Image
आइतवार, माघ ८, २०७९

भक्तपुर : भक्तपुरको लोकन्थलीमा बसभित्र तास खेलिरहेका चार जनालाई प्रहरी आइतबार पक्राउ गरेको छ।

जिल्लाको मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पार्किङ गरिराखेको सैलुगेश्वरी काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेका उनीहरूलाई पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ।

भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीले उनीहरूको साथबाट ७१ हजार नगद र एक बुक तास पनि पक्राउ गरेको बताए।उनीहरूलाई अहिले नियन्त्रणमा ल्याई परिसरमा ल्याउने काम भइरहेको उनले जनाए। प्रहरी वरिष्ठ नायब निरीक्षक श्रीकृष्ण थापाको टोलीले उनीहरूलाई पक्राउ गरेको उनले जनाए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर