Aamsanchar

दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Author Image
सोमवार, माघ ९, २०७९

काठमाडौं – दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १३ दारेबोट चोकमा गएराति एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० नारायणपुरका ४५ वर्षीय पूर्ण पुन मगर रहेका प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि भैरहवा पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

रोल्पाबाट घोराही आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकललाई गएराति ९ बजे ठक्कर दिएको थियो । एम्बुलेन्स सहित चालकलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर