फायल तस्बिर
विराटनगर – मोरङ प्रहरीले ठूलो परिमाणमा भन्सार छली ल्याएको कागती बरामद गरेको छ। विराटनगर–११ स्थित नयाँ गुद्रीबाट प्रहरीले अवैध रूपमा ल्याइएको २६ बोरा कागती बरामद गरेको हो।
गोदाममा भण्डारण गरी राखिएको अवस्थामा कागती बरामद गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। स्थानीय व्यापारी कृष्ण शाहको गोदामबाट कागती बरामद गरिएको उनले जानकारी दिए। प्राप्त सूचनाका आधारमा प्रहरीले कागती बरामद गरेपनि व्यापारी शाह भने फरार छन्। प्रहरीले उनको खोजतलाश गरिरहेको छ। बरामद गरिएको कागती आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयलाई बुझाइएको छ। कागती करिब ६५ हजार मुल्य बराबरको रहेको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा कागती भने भारतबाट तस्करी गरी ल्याइएको देखिएको छ। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 59