Aamsanchar

जुम्लामा हिउँपरेपछि किसानहरु खुशी

Author Image
मङ्गलवार, माघ १०, २०७९

जुम्ला – जुम्लामा हिमपात भएकाे छ । आज बिहानदेखि जुम्लाका विभिन्न ठाउँमा हिउँ पर्न थालेकाे हाे।

अहिले जुम्ला सदरमुकाम खलङ्गासहित जिल्लाभरि हिउँ परिरहेको छ । अहिलेसम्म यस क्षेत्रमा करिब आधा फिट हिउँ परिसकेको स्थानीयले बताएका छन् । हिउँपरेपछि किसानहरु खुशी भएका छन् । हिउँदेबालीका लागि हिउँ उत्तम सिँचाइको माध्यम हो । हिउँदे सिजनमा विशेषगरी जुम्लामा जौ, गहु लगायतका बाली लगाइन्छ। ‘पानी नपर्दा, हिमपात नहुँदा  बाली सुक्न थालेको थियो । हामीहरु हिउँ पर्ने प्रतिक्षामा थियाैँ । अब सिँचाइमा सहज हुने आश छ ‘चन्दननाथ नगरपालिका-८ का किसान धनराशि भण्डारीले भन्नुभयाे ।जुम्लामा निकै चिसो हुँदै गएको छ ।  जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार अहिले यहाँकाे माइनस १ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।  हिउँ नपर्दा तापक्रम झन् कम थियो । तीन दिनअघि जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेकाे थियाे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर