Aamsanchar

कर्णाली प्रदेशका केही जिल्लामा हिमपात, जनजीवन कष्टकर, कृषक भने खुसी

Author Image
मङ्गलवार, माघ १०, २०७९

जुम्ला । कर्णाली प्रदेशका जुम्लासहित मुगु, हुम्ला, डोल्पा र कालिकोटमा हिमपात भइरहेको छ । जुम्लाको अग्ला भूभागसहित सदरमुकाम खलङ्गामा समेत हिमपात भइरहेको हो ।

सोमबार राति तीन वजेबाट अहिलेसम्म लगातार हिउँ परिरहेको छ। लगातारको हिमपातले जनजीवन कष्टकर बनेको छ । ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन पढ्ने विद्यार्थी चिसोबाट बढी प्रभावित भएका छन् । किसान भने हिमपातपछि उत्साहित भएका छन् । यो वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । यो हिउँले हिउँदे बालीलाई राम्रो गर्ने किसानहरूले बताएका छन् ।

हिउँदे बाली सप्रिन र उत्पादन वृद्धिका लागि कर्णालीमा पुस, माघमा हिमपात आवश्यक रहेको किसानहरू बताउँछन् । हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिन भने समस्या भएको छ। हिमपातले यातायात सेवा पनि प्रभावित भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)