Aamsanchar

लागूऔषधसहित युवक पक्राउ

Author Image
मङ्गलवार, माघ १०, २०७९

धनगढी – कञ्चनपुरमा लागूऔषधसहित युवक पक्राउ परेका छन् ।

पुनर्वास नगपालिका–१ को टक्काबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीद्वारा लागूऔषधसहित बेलौरी नगरपालिका–३ का २८ वर्षीय रामअवतार राना पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले रानालाई बेलौरी–धनगढी हुलाकी सडकखण्डमा जाँच गर्ने क्रममा सु.प.प्र. ०१०१० प ३३५० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जानकारी दिए ।उनकाअनुसार रानाको साथबाट ४ दशमलव ५८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । रानालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर