काठमाडौं : संसद् भवन अगाडि एक युवकले आत्मदाह प्रयास गरेका छन्। मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक चलिरहेका बेला नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एक युवकले आत्मदाहका प्रयास गरेका हुन् ।
आत्मदाह प्रयास गर्ने युवा इलामका प्रेम प्रसाद आचार्य भएको खुलेको छ। उनलाई प्रहरीले उद्दार गरेर उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले आफूलाई पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 148