Aamsanchar

दावा एग्रो टुरिजम रिसोर्टमा आगलागी हुँदा एक करोड भन्दा बढीको क्षति

Author Image
बुधवार, माघ ११, २०७९

सोलुखुम्बु – ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-५ को एक रिसोर्टमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । मङ्गलवार हिजाे दिउँसो झण्डै साढे २ बजे दावा शेर्पाकाे दावा एग्रो टुरिजम रिसोर्टमा आगलागी भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ ।

आगलागीबाट काठ र टिनले बनेको दुई तले घरसहित सबै सामाग्री जलेर नष्ट भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो ।

रिसोर्ट पूर्णरुपमा जलेर नष्ट भएपछि मात्रै आगो हिजाे बेलुका ६ बजेतिर प्रहरी र स्थानीयको सहयोगमा आगाे निभाइएकाे थियो । आगलागीको कारण यकिन नभए पनि चुलोबाट सल्किएको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर