Aamsanchar

क्रोएसिया पठाउँछु भनेर साडे आठ लाख ठगी गर्ने माेङका एक जना पक्राउ

Author Image
बुधवार, माघ ११, २०७९

काठमाडौँ – क्रोएसिया पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भएर काठमाडौँ स्थित सिनामंगल बस्ने साहिल बस्नेत रहेका छन् । २९ वर्षीय बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । क्रोएसियामा प्रतिष्ठित फुड प्याकिङ कम्पनीमा जागिर मिलाइदिन्छु भनेर उनले विभिन्न व्यक्तिहरूबाट ८ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । आरोपीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको एसपी कोइरालाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)