Aamsanchar

आफूले भनेजति अंक नल्याएको भन्दै विद्यार्थी कुट्ने हेडसर निलम्बित

Author Image
बुधवार, माघ ११, २०७९

तनहुँ – घिरिङ गाउँपालिका–३ सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापालाई जिम्मेवारीबाट निलम्बित गरिएको छ। एसईईको तयारीमा रहेका विद्यार्थीहरूलाई शनिबार कक्षागत मूल्यांकनमा आफूले भनेजति अंक नल्याएको भन्दै प्रधानाध्यापक थापाले ३५ जना विद्यार्थीहरूलाई काठको लठ्ठीले निल डाम हुने गरी कुटेका थिए। थापाको कुटाईबाट बस्न र देब्रे खुट्टा टेक्नसमेत नभएपछि भिमाद–४ बरन्डाँडाकी १५ वर्षीया लीला आलेलाई जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा भर्ना गरी उपचार गराइएको थियो।सोमबार विद्यार्थी कुट्ने थापालाई कारबाहीको माग गर्दै अभिभावक र विद्यार्थीहरूले विद्यालयले घेराउ गरी आन्दोलन गरेका थिए। घटनाको विषयमा सरोकारवाहरू भेला भए पनि छलफलको वातावरण नभएपछि प्रअ थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। मंगलबार छलफलका लागि भन्दै भोलि (बुधबार) पुनः जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुने गरी तारेखमा छाडिएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए। मंगलबार अभिभावक, विद्यार्थी र जनप्रतिनिधिहरूको भेलामा अभिभावक र विद्यार्थीहरूले थापालाई पेसाबाटै निलम्बित वा सरुवा गर्नुपर्ने माग गरेका थिए।सोही अनुसार प्रअ थापालाई कारबाही गरेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा मगरले बताए। उनले भने, ‘उहाँलाई प्रअको जिम्मेवारीबाट निलम्बित गर्‍याै। यथाशीघ्र उहाँको सरुवा गर्ने निर्णय गरिएको छ।’ अध्यक्ष थापाले बुधबारदेखि पठनपाठन सुचारु गर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर