Aamsanchar

घरेलु मदिरासहित विराटनगरबाट दुई महिला र एक पुरूष पक्राउ

Author Image
बुधवार, माघ ११, २०७९

विराटनगर: अवैध घरेलु मदिरासहित विराटनगरबाट ३ जना पक्राउ परेका छन्।

अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरी टोलीले अटोमा लोड गरी ल्याउँदै गरेको ४५५ लिटर घरेलु मदिरासहित तीनजनालाई नियन्त्रणमा लिएको हो।

को १ ह १८६९ नम्बरको टेम्पोसहित उनीहरुलाई नियन्त्रणमा लिईएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर-५ बस्ने वर्ष ३६ का दिपेन्द्र अमात्य, बेलबारी-११ बस्ने वर्ष ३७ की सुनिता राई र सोही ठाउँकी ५० वर्षीया शोभा राई छन्। बरामद मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालयलाई बुझाईएको मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए। उनले पक्राउ परेकामाथि आवश्यक कारबाही अघि बढाईएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)