Aamsanchar

बिर्तामोडबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

Author Image
सोमवार, माघ १६, २०७९

झापा : झापाको बिर्तामोडमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारत विहार किसनगञ्ज गलगलियाका २५ वर्षीय दिलसाद रहमान र सोही ठाउँका २० वर्षीय सन्वाज खान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बिर्तामोड नगरपालिका– ५ मा आइतबार बेलुका डब्लुबी ७४ बीए ६७७९ भारतीय  नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा ८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । रहमानले मोटरसाइकल चलाइरहेका थिए भने खान पछाडि सवार थिए । उनीहरू भद्रपुर नाकाबाट ब्राउन सुगर बोकेर बिर्तामोड गएका थिए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर